जनकपुरधामको गाणिनाथ गोविन्द मन्दिर बेला क्षेत्र टुरिष्ट क्षेत्र बन्दै

कमल साह
जनकपुरधाम,साउन ३२ गते । जनकपुरधाम उपमहानगर पालिकाको वार्ड नं.२३ बेला गांउ स्थितको श्री गणिनाथ गोविन्द मन्दिर क्षेत्र विस्तारै टुरिष्ट क्षेत्र तर्फ अगाडी बढदैछ ।
समाजमा रहेको विभिन्न विकृति विसंगतीलाई चिर्न झण्डै १ हजार २ सय ५० वर्ष पूर्व श्री गणिनाथ महाराज श्री गोविन्द भगवान गंगा क्षेत्रमा अवतार लिनुभयो । हाल महनार जिल्ला अन्तर्गत रहेको धर्मपुर मा अवतरण हुनुभएको थियो ।
श्री कृष्णको अर्को स्वरुप मान्दै आएको श्री गोविन्द भगवान वैश्य मधेशिया कानु लागायतका जात जातिमा कूल देवताको रुपमा स्थापित छन । बेला गाउँवासीहरुले अन्य ग्रामका स्वजातिय बन्धुको सहयोगमा श्री गणिनाथ गोविन्द मन्दिर निर्माण भएको थियो । उत्तर विहारमा मुजफफरपुर पछि नेपालमा पहिलो कूल देवताको मन्दिर निर्माण भएको मान्यता हो । तस्र्थ बेलामा स्थापित श्री गणिनाथ गोविन्द मन्दिरलाई नेपालको पलवैया भनेर सम्बोधन समेत हुने गर्दछ ।
श्री गणिनाथ महाराज श्री गोविन्द मन्दिरको छेउमा बेला गाउँ कै युवा डा. शम्भु साह द्वारा विहिवार रिसोर्ट निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरियो । नेपालको पलवैया धाम नामबाट प्रचारित श्री गणिनाथ गोविन्द मन्दिर छेउमा बस स्टैण्ड रहेको छ । त्यस ठाउँमा सिताशरण होटल संचालन भईरहेको छ । सोही ठाउँमा मधेश प्रदेशमै सर्वोत्कृष्ट अस्पताल निर्माण भईरहेको छ । बाबाको क्षेत्रमा डा. शम्भु साह ले रिसोर्र्टको लागि भूमि पूजन हुनु ले विस्तारै यो क्षेत्र टुरिष्ट क्षेत्र तर्फ अग्रसर हुन गईरहेको स्पष्ट हुन्छ ।
डा. साह ले जानकारी गराउनु भए अनुसार आफ्नो पुर्खौली १२ कठ्ठा क्षेत्रफल भएको जमिनलाई रिसोर्टको लागि उपयुक्त सम्झेर शिलान्यास गरिए छ ।
उहाँले तत्काल पार्टी पैलेश निर्माण गर्ने बताउँदै त्यसलाई बिस्तारै पूर्वाधारहरु थप्दै रिसोर्टमा परिणत गर्ने बताउनु भयो । उहाँका अनुसार रिसोर्टमा पार्टी पैलेश, बैंकुट,रेष्टुरेन्ट, सेमिनार हल, स्वीमिंग पुल र पर्याप्त गार्डेण राख्ने हाम्रो भावि लक्ष्य रहेको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
6 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
8 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
1 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
1 महीना पहिले
संवाददाता
संवाददाता

