+977 9854027065 | akulpdsah@gmail.com

गोविन्द पूजनोत्सवको भव्य तयारी

27 दिन पहिले प्रकाशित

Akul Prasad Sah

247 Views

कमल साह
जनकपुरधाम,भाद्र १ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ बेला गाउँ स्थित दुधमती नदीको तटमा अवस्थित श्री गणिनाथ महाराजको अवतरण दिवस र श्री गोविन्द भगवानको प्रकाट्य दिवस भव्य रुपमा मनाउने तयारी भईरहेको छ ।
श्री कृष्ण जन्माष्टमी पछिको पहिलो शनिवारका दिन शिव शंकर भोले कैलाशवासी महादेव जी को दुत श्री गणिनाथ महाराज अवतरण हुनुभएको थियो ।
त्यस्तै दिव्य महापुरुष एवं महर्षि श्री गणिनाथ जी महाराजको पुत्ररत्न रुपमा श्री कृष्ण भगवानको अर्को रुप श्री गोविन्द भगवान सोही दिन प्रकाट्य हुनुभएको ईतिहास वेत्ताहरु बताउने गरेका हुन ।
सो अवसरमा श्री गोविन्द सेवा समिति बेला ले अन्य वर्ष झैं यसवर्ष पनि पुजनोत्सव मनाउने तयारी गरिरहेको जनाएको छ ।
गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह का अनुसर भाद्र १४ गते अष्ठयाम,१५ गते बिहान कलश यात्रा र त्यसपछि पुजनोत्सव कार्यक्रम हुनेछ ।
पुजनोत्सवलाई सफता पुर्वक सम्पन्न गराउनको लागि गोविन्द पूजा मुल समारोह समिति गठन गरिएको छ । त्यस अन्तर्गत प्रचार प्रसार समिति, कलश यात्रा समिति,भोजन व्यवस्थापन लगायतका समितिहरु गठन गरिएको जनाएको छ ।
कलश यात्रा बेलादेखि जनकपुरधाम स्थितको ऐतिहासिक सरोवर गंगासागरबाट जल ल्याउने कार्यक्रम रहेको छ । गोविन्द मन्दिरबाट निस्कने कल यात्रा बेला गाउँको परिक्रमा गर्दै रामजानकी दुल्हा बस पार्क, जिरोमाईल,बष्ठि चौक,बजरंग चौक,रामनन्द चौक, रंगभुमि हुँदै जानकी चौक,जनक चौक,शिव चौक हुँदै गंगासागरबाट जल भर्ने जनाएको छ ।
त्यसपछि जनकपुरधाम स्थितको गोविन्द मन्दिर हुँदै रामचौक,महावीर चौक,तप्सी चौक, जिरोमाईल भएर पुनः गोविन्द मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

कलाले संस्कृति संरक्षण गर्छन ः साँसद कार्की

मिथिला जागरण समाचारदाताजनकपुरधाम, २९ भदौ । संस्कृति जोगाउन कलाको महत्वपूर्ण योगदान हुन्छ । संस्कृतिले देश र समा..

2 दिन पहिले

कविता ः हामी असल साथी

कविता ः हामी असल साथी लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा फुलको बगैचामा भमराको हुल ।आउ साथी सँगै जाउ स..

4 दिन पहिले

बरहथवाका दुुईवटा औषधी पसल बन्द गराइयो

सन्जु कर्ण, सर्लाही, सर्लाही, भाद्र २८ गते । सर्लाहीको बरहथवा बजारमा रहेका दुुईवटा औषधी पसल बन्द गरिएको छ । औषधि व्..

4 दिन पहिले

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, परित्याग गरे मधेश प्..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, भाद्र २७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमितिको म..

4 दिन पहिले

राजेश्वर नेपाली जस्ता रत्नलाई मधेश सरकारले सम्मान गर्न..

कमल साहजनकपुरधाम,भाद्र २६ गते । वरिष्ठ पत्रकार राजेश्वर नेपाली प्रेस स्वतन्त्रता सेनानी तथा साहित्यकार मात्र न..

6 दिन पहिले