गौतमबुद्ध विमानस्थलको मुआब्जा विवाद टुङ्गियो, निर्माणको काम सुचारु
गौतमबुद्ध विमानस्थल स्तरोन्नतीको काम मंगलबारदेखि सूचारु भएको छ ।
सोमबार स्थानीयवासीसँगको छलफलपछी मंगलबारदेखि काम सूचारु गरिएको गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । आयोजनाले मुआब्जा वितरणमा लापरवाही गरेको भन्दै स्थानीयवासीले सोमबार काममा अवरोध पुर्याएका थिए । क्रम संख्याका आधारमा मुआब्जा वितरण नगरी पहुँचको आधारमा गरेको भन्दै स्थानीयबासीले विमानस्थलको गेटमा ताला बन्द गरेका हुन् । जसले गर्दा गर्दा रनवेको काम रोकिएको थियो ।
अहिले आयोजना र स्थानीयबीचको छलफलपछी काम सूचारु गरिएको हो । ‘कतिपय जमिनको बाटो कट्टा गर्नुपर्ने भएकोले समय लागेको हाे’ आयोजना प्रमुख शर्माले भने, ‘त्यही कुरा स्थानीयलाई बुझाइसकेका छौं ।’ साथै पहुँचका आधारमा कसैलाई पनि मुआब्जा नदिइएको उनले दाबी गरे । ‘हामीले स्थानीय निकायले कसैलाई छिटो मुआब्जा दिनुपर्ने सिफारिस पठाएको अवस्थामा अध्ययन गरेर मात्र दिएका छौं, त्यो पारदर्शी नै छ,’ उनले भने । शर्माका अनुसार हालसम्म ४ सय परिवारलाई साढे ३ अर्ब रुपैयाँ बराबरको मुआब्जा बितरण गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
