इन्द्र पूजा समितिका तेश्रो सधाराण सभा
कमल साह
जनकपुरधाम,भाद्र १८ गते । मिल्सएरिया स्थितका युवा व्यावसायीहरुद्वारा झण्डै ६ दशकदेखि आयोजना हुँदै आएको इन्द्र पूजा समतिले अब पूजामा मात्र सिमित नरहेर सामाजिक विसंगती तथा विकृतिहरुको विरुद्धमा सामाजिक कार्यक्रमहरु पनि संचालन गर्ने भएको छ ।
इन्द्र पूजा समितले पहिला पहिला धुमधाम संग पूजा मनाउने र टेन्टका सामग्री भाडामा लगाउने गर्दथ्यो । अचेल टेन्टको व्यावसाय गाउँ गाउँमा तथा टोल महाल्लामा आरम्भ भई सकेको ले समितिको टेन्ट व्यावसाय बन्द भएको छ ।
झण्डै ६ दशक पुरानो संस्थालाई अगाडी बढाउनको लागि नै २०७८ सालमा विधिवत जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको थियो । सो तीन वर्षको आय व्यय भाद्र १८ गते आयोजित साधारण सभामा प्रस्तुत भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख मनोज साह को प्रमुख आतिथ्यमा आयोजित तेश्रो साधारण सभा उद्घाटन तथा सम्मान कार्यक्रममा समितिका संस्थापक पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई दोसाल्ला ओढाएर सम्मान गरिएको छ ।
इन्द्र पूजा सेवा समितिको निवर्तमान अध्यक्ष किशोरी साह को अध्यक्षतामा आयोजना गरिएको समारोहमा सल्लाहकार बरिष्ठ पत्रकार मनोज साह क्रान्तिकारी इन्द्र पूजा सेवा समिति २०२३ सालदेखि निरंतर पूजा महोत्व आयोजा गर्दै आएको जानकारी गराउनु हुँदै स्वागत मन्तव्य राख्नु भयो ।
समितिका सदस्य महादेव साह ले तीन वर्षको आय व्यय प्रस्तुत गर्नुभयो । वर्ष २०८०–०८१ आयव्यय ७ लाख ९८ हजार २ सय १ रुपियाको प्रस्तुत गरियो । त्यस समारोहमा २०७८–०७९ र २०७९–०० को आय व्यय समेत प्रस्तुत गरियोे ।
सो समारोह दाताहरुले दिनुभएको चन्दा लिष्टलाई प्रमुख अतिथी मेयर साह ले अनावरण गर्नुभयो । त्यस्तै श्री हुनमानजीको ध्वजारोपण गरियो ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
19 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 महीना पहिले
संवाददाता
