+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरमा ईन्द्रपुजा महोत्सव जारी

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

785 Views

कमल साह
जनकपुरधाम,असोज ८ गते । श्री ईन्द्र पुजा महोत्सव यहाँका मिल्सएरिया स्थित दुखनी देवी चौकमा गत भाद्र २९ गतेबाट आरम्भ भएर चल्दैछ । यो महोत्सव भोली बुधबार माध्यरातिबाट समाप्त हुनेछ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले महोत्सवको शुक्रवार एक समारोहका बिच समुदघाटन गर्नुभयो ।यो महोत्सव भोली बुधबार माध्यरातिबाट समाप्त हुँनेछ ।
इन्द्र पूजा सेवा समिति तथा नागरिक समाजका अध्यक्ष मनोज साह क्रान्तिकारी को अध्यक्षतामा आरम्भ भएको उद्घाटन समारोहमा स्थानिय समाजसेवी वक्ताहरुले २०२३ सालदेखि सुरु भएको इन्द्र पुजनोत्सव समितिले कार्यालयको लागि जमिन पाईयो बताउँदै व्यवस्थित हुन नसक्नु बताउनु भयो ।
पुजा महोत्सव कार्यक्रमका प्रमुख अतिथी रामचन्द्र मण्डलले देवताको राजा इन्द्र पानीको अधिकारी पनि रहेको जानकारी गराउँदै उहाँले इन्द्र भगवानको नाउमा जग्गा संरिक्षत काम हुन्छ भने समाज अभारी हुने बताउनु भयो ।
उहाँले समाज सेको कार्य गर्दै आएकोमा हामी गौरवान्वित हुने बताउनु भयो ।
अन्तमा उहाँले इन्द्र पूजामा तथा समितिको ले बेला आफु साथ रहने प्रतिबद्धता जनाउनु भयो ।
मिल्सएरियाको दुखनी देवी चौक स्थित आरम्भ भएको इन्द्र पूजा महोत्सवमा देवराज इन्द्र ,उनका धर्मपत्नी महारानी सची इन्द्रानी, उहाँका सवारी ऐरावत हाथी, विघ्नबाधक हटाउने श्रीगणेश, चित्रगुप्त, इन्द्र पुत्र जयन्त,देवताका वैध डाक्टर आश्वनी कुमार,गोकर्ण, धनालक्ष्मीका भण्डार कुवेर, जलका देवता बरुण,संचारका प्रमुख नारदमुनी, न्याधिपति धर्मराज, मृत्युदेव, बसुन्धारा, वायुदेव, अग्नी देव लगायतका मुर्तिहरु स्थापित गरिएको छ ।
समितिका अध्यक्ष मनोज कुमार साह क्रान्तिले मिल्स एरियामा करिव ५८ वर्षदेखि निरन्तर इन्द्र पुजनोत्सवको मेला लाग्दै आएको भन्नुभयो ।
उहाँले ईन्द्र पूजा मनाई रहेको खाली पर्ति जग्गामा देउवताका राजा ईन्द्र भगवानको मन्दिर निर्माण गर्न खोज्दा यहाँ अझै जालझेल भईरहेको बताउनु भयो ।
उहाँले देशकै एकमात्र सबै भन्दा पुरानो ईन्द्रपुजा महोत्सव समितिका लागि जग्गा व्यवस्थित गर्ने पक्रिया सुरु भएको जानकारी गराउनु भयो ।
जग्गा व्यवस्थापनका लागि हामी अगाडी बढदा यस क्षेत्रका केहि व्यक्तिहरु निजी लोभ देखाई रहेका कारण विभिन्न बाधा अडचन आईरहेको उहाँले बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अबधेश कामत र पत्रकारउपेन्द्र भगत नगवंशी शुभकामना मन्तव्य राख्नु भयो ।
त्यस्तै समितिका पूर्व अध्यक्ष किशोरी साह, महासचिव लक्ष्मेश्वर यादव लगायतले बिचार राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

19 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले