जनकपुरमा ईन्द्रपुजा महोत्सव जारी

कमल साह
जनकपुरधाम,असोज ८ गते । श्री ईन्द्र पुजा महोत्सव यहाँका मिल्सएरिया स्थित दुखनी देवी चौकमा गत भाद्र २९ गतेबाट आरम्भ भएर चल्दैछ । यो महोत्सव भोली बुधबार माध्यरातिबाट समाप्त हुनेछ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले महोत्सवको शुक्रवार एक समारोहका बिच समुदघाटन गर्नुभयो ।यो महोत्सव भोली बुधबार माध्यरातिबाट समाप्त हुँनेछ ।
इन्द्र पूजा सेवा समिति तथा नागरिक समाजका अध्यक्ष मनोज साह क्रान्तिकारी को अध्यक्षतामा आरम्भ भएको उद्घाटन समारोहमा स्थानिय समाजसेवी वक्ताहरुले २०२३ सालदेखि सुरु भएको इन्द्र पुजनोत्सव समितिले कार्यालयको लागि जमिन पाईयो बताउँदै व्यवस्थित हुन नसक्नु बताउनु भयो ।
पुजा महोत्सव कार्यक्रमका प्रमुख अतिथी रामचन्द्र मण्डलले देवताको राजा इन्द्र पानीको अधिकारी पनि रहेको जानकारी गराउँदै उहाँले इन्द्र भगवानको नाउमा जग्गा संरिक्षत काम हुन्छ भने समाज अभारी हुने बताउनु भयो ।
उहाँले समाज सेको कार्य गर्दै आएकोमा हामी गौरवान्वित हुने बताउनु भयो ।
अन्तमा उहाँले इन्द्र पूजामा तथा समितिको ले बेला आफु साथ रहने प्रतिबद्धता जनाउनु भयो ।
मिल्सएरियाको दुखनी देवी चौक स्थित आरम्भ भएको इन्द्र पूजा महोत्सवमा देवराज इन्द्र ,उनका धर्मपत्नी महारानी सची इन्द्रानी, उहाँका सवारी ऐरावत हाथी, विघ्नबाधक हटाउने श्रीगणेश, चित्रगुप्त, इन्द्र पुत्र जयन्त,देवताका वैध डाक्टर आश्वनी कुमार,गोकर्ण, धनालक्ष्मीका भण्डार कुवेर, जलका देवता बरुण,संचारका प्रमुख नारदमुनी, न्याधिपति धर्मराज, मृत्युदेव, बसुन्धारा, वायुदेव, अग्नी देव लगायतका मुर्तिहरु स्थापित गरिएको छ ।
समितिका अध्यक्ष मनोज कुमार साह क्रान्तिले मिल्स एरियामा करिव ५८ वर्षदेखि निरन्तर इन्द्र पुजनोत्सवको मेला लाग्दै आएको भन्नुभयो ।
उहाँले ईन्द्र पूजा मनाई रहेको खाली पर्ति जग्गामा देउवताका राजा ईन्द्र भगवानको मन्दिर निर्माण गर्न खोज्दा यहाँ अझै जालझेल भईरहेको बताउनु भयो ।
उहाँले देशकै एकमात्र सबै भन्दा पुरानो ईन्द्रपुजा महोत्सव समितिका लागि जग्गा व्यवस्थित गर्ने पक्रिया सुरु भएको जानकारी गराउनु भयो ।
जग्गा व्यवस्थापनका लागि हामी अगाडी बढदा यस क्षेत्रका केहि व्यक्तिहरु निजी लोभ देखाई रहेका कारण विभिन्न बाधा अडचन आईरहेको उहाँले बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अबधेश कामत र पत्रकारउपेन्द्र भगत नगवंशी शुभकामना मन्तव्य राख्नु भयो ।
त्यस्तै समितिका पूर्व अध्यक्ष किशोरी साह, महासचिव लक्ष्मेश्वर यादव लगायतले बिचार राख्नुभयो ।
कमेन्ट गर्नुहोस्

सेतो अण्डा ९६ क्यारेट नष्ट
मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..
1 घन्टा पहिले
कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन
कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..
2 घन्टा पहिले
श्री ५ हरू के अर्थमा श्री ३ थिएनन् ? र, श्री ३ हरू के मानेमा ..
कमल साहजनकपुरधाम, चैत १५ गते । मैले हिजो गिरिजा बाबुको स्मृति दिवसको मौकामा यो पोष्ट गरिन, अरूहरूका पोष्टको अध्यय..
3 घन्टा पहिले
जनकपुरधाम ३ का वडाध्यक्ष साह कोे मनपर्दी
कमल साहजनकपुरधाम, चैत ७ गते । जनकपुरधाम उपमहानगरपालिका –३ का वडाध्यक्ष दिपेन्द्र साह कोे मनपर्दी यतिखेर पालिका..
2 घन्टा पहिले
मानव अधिकारवादीको होली मिलन समारोहमा होलीका विकृतिहरु ..
कमल साहजनकपुरधाम,चैत्र ५ गते । मानवअधिकारवादीहरुको संजालमा लोक पर्व होलीमा देखिएको विकृतिहरु वारेमा चर्चा पाएक..
3 घन्टा पहिले
संवाददाता
संवाददाता

