+977 9854027065 | akulpdsah@gmail.com

दशैं धुमधाम संग मनाईने तयारी हुँदै

17 दिन पहिले प्रकाशित

Akul Prasad Sah

102 Views

कमल साह
जनकपुरधाम,असोज १५ गते । मधेश प्रदेशको राजधानी एवं सांस्कृतिक नगर जनकपुरधाममा यस वर्षपनि दशैं भव्यताका साथ मनाईने तयारी भईरहेको छ ।
सनातन धर्माबलम्बीहरुले शरदीय नवरात्री पर्व श्रद्धा भक्ति भावका साथ मनाउनमा कतैबाट कुनै किसीमका असर नरहोस् उद्येश्यका साथ यहाँका उद्योगी व्यावसायीदेखि युवा कल्बहरु आ–आप्mनो तर्पmबाट योगदान पु¥याउनमा जुटिसकेका छन ।
जनकपुरधाम उद्योग वाणिज्य संघले दशैं अवसरमा उपभोक्ता वर्गलाई चाहिने आवश्यक सामाग्रीहरु सस्तो र सुलभ तरिकाबाट एकै ठाउँमा उपलब्ध गराउन दशैं बजार मेला आयोजना लगाउने भाद्र ८ गते एक बैठक गरि निर्णय गरियो ।
जउबा संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित बैठकले उक्त सस्तो बजार असोज १७ गते घटस्थापनाबाट लगाउने निर्णय गरियो ।
जउवासंघका अध्यक्ष सुरेन्द्र भण्डारीले स्थानिय गोपाल धर्मशालामा आयोजना हुने दशैं बजारमा दैनिक उपभोग्य, चाँडपर्वका सरसमान लयायतहरू सुपथ र सुलभ तरिकाबाट उपभोक्ता वर्गलाई उपलब्ध गराईने व्यवस्था भई रहेकोे बताउनु भयो ।
जनकपुरधाम उद्योग बाणिज्य संघले लगाउँदै आएको दशैं बजारमेलालाई यस वर्षपनि निरंतर्ता दिएको छ । दशैं बजारलाई व्यवस्थित पार्न विभिन्न समितिहरु गठन हुने क्रममा रहेको जउवा संघका कार्यालय प्रमुख मनोज महासेठ ले जानकारी दिनुभयो । उहाँले आईतवार सो समितिहरु पूर्णता पाउने बताउनु भयो ।
शरदीय नवरात्री अवसरमा जनकपुरधामको राममन्दिर क्षेत्र श्रद्धालु भक्तजनको लागि प्रमुख केन्द्रबिन्दु हुने गरेको हुन्छ । सो कुराको मध्यनजर राख्दै विजयादश्मी महोत्सवलाई कसरी व्यवस्थित पार्न उद्येश्यबाट राम युवा कमिटी र महाबीर युवा कमिटीको सक्रियतामा बैठक पटक पटक भईरहेको छ ।
महावीर युवा कमिटी अध्यक्ष अजय गुप्ता ले सप्तरीको प्रमुख धार्मिक स्थल छिन्नमस्ता मन्दिरमा आयोजित ५७ औं साधारण सभाबाट नै निणर्य लिईसकेको बताउनु भयो ।
उहाँले राजदेवी माताको पूजालाई व्यवस्थित पार्नकोलागि मूल पूजा समितिसंगै नौ वटा उपसमिति चयन गरिएको बताउनु भयो ।
त्यसमा महाप्रसाद संयोजकमा दिपक साह, भव्य शृगार संयोजकमा प्रदीप साह, भजन संध्या संयोजकमा रंजन जयसवाल, मेला संयोजकमा रोशन कुमार साह, खोईछ भराई संयोजक तथा पार्क संरक्षण संयोजकमा विकास साह (बिक्की), ठेहा संयोजकमा अजित शर्मा, सरसफाई संयोजकमा सुनिल राउत, रावन बध संयोजकमा ओमप्रकाश गुप्ता, बिजय दशमी तथा झाँकी संयोजकमा मोहन साह (हिन्दु) र लाईन व्यवस्थापन तथा खाना संयोजकमा शशी साहलाई चयन गरिएको उहाँले जानकारी गराउनु भयो ।
त्यस्तै रामयुवा कमिटीका अध्यक्ष सरोज साह ले दशमी अवसरमा लाग्ने महोत्सवलाई व्यव्यस्थित पार्न छलफल तथा बैठक जारी रहेको बताउनुभयो। उहाँले बिगत बर्षझैं यसपालि पनि अन्नपुर्णा माता,बौद्धिमाता लगायतको क्षेत्रमा उत्कृष्ट ब्यवस्थापन गर्ने निर्णय सर्वसम्मतिबाट भयो बताउनु भयो ।
उहाँले महोत्सवमा शान्ति सुरक्षा, खानेपनी, बिधुत, निःशुल्क भोजन,सेनाद्वारा सलामी, आकस्मिक सेवा एम्बुलेन्स, भजन संध्या,बेलनौती तथा बेलतोडी को लागि समितिहरु गठन भईसकेको जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मैथिली विकास कोषको निर्माणाधीन भवनका अवलोकन गर्दै ः मुख..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोष..

23 घन्टा पहिले

नेसपाको महाधिवेशन जनपुरधाममा मंसिर १ गते गर्ने – अध्यक्..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज ३० गते । नेपाल सद्भावना पार्टीको अध्यक्ष राम कुमार महतोले पार्टी कार्या..

2 दिन पहिले

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सम्मानित

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २६ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्म..

6 दिन पहिले

पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको ..

प्रिंन्स मिश्रा, कपिलवस्तुबाँके , असोज २४ गते । पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रका..

8 दिन पहिले

वडादशैंमा राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु बं..

कमल साहजनकपुरधाम,असोज २२ गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ&ndash..

8 दिन पहिले