+977 9854027065 | akulpdsah@gmail.com

राजदेवी मन्दिरमा बेलतोरी र बोकावली एकै दिन हुने

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

628 Views

कमल साह
जनकपुरधाम,असोज २० गते । यसपालीको बड़ादशैंमा दुर्गा माताको आगमन र विदाईले राष्ट्र र समाजको लागि अशुभको संकेत देखाई रहेको छ ।
अर्का तर्फ तिथिको घटन्त बढन्तको कारण यसपाली यहाँको सुविख्यात राजदेबी मन्दिरमा सप्तमी तिथीको फुलपाति (बेलतोरी) र महाअष्टमी तिथीको बोका वली एकैदिन चढाईने कार्यक्रम तय भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले नवरात्री अवसरमा विभिन्न साइत सार्वजनिक गरेको छ । असोज १७ गते विहिवार बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको थियो । असोज १८ गते शुक्रबार झण्डा फेर्ने साइत ९ः१४ बजे रहेको थियो । सो झण्डा पश्चिम फर्केर झण्डा फेर्नुपर्ने बताएको थियो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २४ गते विहिबार फूलपाती(बेलतोरी) परेको छ ।
तर, मिथिला पञ्चांग अनुसार विहिवार विहान ८ बजेदेखि महाअष्टमी शुरुभई शुक्रबार ८ बजेसम्म रहेको छ । तस्र्थ जनकपुरधाम स्थित राजदेवी माताको मन्दिरमा विहिवार नै बोकाबली चढाउने निणर्य स्थानिय कल्वले गरेको छ ।


महाविर युवा कमिटीका अध्यक्ष अजय गुप्ता भन्नुहुन्छ, ‘राजदेवी माताको शरदीय दशैं पूजा नेपाली पञ्चांग अनुसार हुनेगर्छ । त्यसैले असोज २४ गते विहिवार नै बोकावलि प्रदान गर्ने हाम्रो निर्णय भएको छ ।
नेपाली पञ्चांग अनुसार विहिवार विहान राजदेवी मन्दिरमा बाजा गाजाका साथ फुलपाति(बेल) भित्र्याईने कार्यक्रम एकातिर हुन्छ । अर्कातिर महाअष्टमीको प्रसाद चढाईने पनि छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति अनुसार असोज २६ गते शनविार विजयादशमीको विहान ८ः३३ बजे देवी विसर्जन र विहान ११ः२६ बजे पूर्वमुख भएर टिका लगाउनुपर्ने जनाएको छ । टिका लगाउने अभिवाकवर्गलाई पश्चिम मुख भएर बस्नुपर्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले