+977 9854027065 | akulpdsah@gmail.com

शरदीय नवरात्रामा राममन्दिर क्षेत्र वेहुली झैं सजाईयो

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

977 Views

कमल साह
जनकपुुरधाम,असोज २० गते । बडा दशैं अवसरमा यतिखेर श्री राम मन्दिर क्षेत्र बेहुली झैं श्रृंगारिको छ । शरदीय नवरात्री विहिबारदेखि आरम्भ भएको दिन अगावैदेखि माता राजदेवी, अन्नपुर्णा माता र बौधी माताको गहवर तथा आंगनहरु वेहुली झैं श्रृंगारिको छ ।
धार्मिक नगर जनकपुरधामको प्रमुख मन्दिर मध्येको एक रामदरबार, स्वर्णमण्डप नामबाट प्रचारित राममन्दिरको अर्को आंगनमा माता राजदेवी विराजमान छिन । माता राजदेवी प्रति आस्था र विश्वास जनकपुरवासी लगायतमा उम्रदै आएको ले सो क्षेत्र श्रद्धालु भक्तजनको लागि अचेल केन्द्रबिन्दु भएको छ ।
शरदीय नवरात्री अवसरमा जनकपुरधाम नगर क्षेत्रका युवा क्लबहरुले आ–आफ्ना नजिक रहेका शक्ति पीठहरुलाई गच्छ अनुसार सजाउँदै आएका छन । तर,राम मन्दिर क्षेत्र जनकपुरवासीलगायतलाई भक्तिभावको साथ आफु तर्फ आकर्षण गरिरहेको भान हुन्छन् ।
राम मन्दिर क्षेत्र अन्तर्गत रहेको राजराजेश्वरी (राजदेबी) माता मंदिर परिसरलाई महावीर युवा कमिटीले र राम युवा कमिटी ले अन्नपूर्णा माता तथा बौद्धि माताको परिसरलाई बेहुली जस्तै सजाएका छन । राम मन्दिर क्षेत्रमा रहेको तीनवटै माता मंदिरमा पण्डाल बिजुली बत्ती तथा सेल्फी मोड लगायतका मनोरंजनको व्यवस्था भएकोछ ।
महावीर र राम युवा कमिटीले नवरात्रीलाई उत्साहमय बनाउने प्रयास रहेको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ता बताउनु हुन्छ ।
त्यस्तै जानकी मन्दिर छेउमा रहेको पल्टिमाईलाई यहाँका मिथिला समाजले, तेतरीमाई युवा कमिटीले तेतरीमाई,काली समाजले काली मंदिर, राजदेबी युवा क्लबले देवी चौक स्थितको राजदेबी मंदिर,सीताराम गौशाला ले फुलेश्वरी माई मंदिर, पिररीया समाज ले पिररीया मार्ई, सोना माईलाई सोही ठाउँका युवाहरुद्वारा सजाएका छन्् ।
उसैगरी जनकपुरधाम– २३ लादो स्थित सोनामाई युवा क्लबले सोनामाई मंदिरलाई, जउमनप– २ स्थित सोनावति माता मंदिरको बजरंग युवा कमिटीले सजाएका छन ।
त्यस्तै रामानन्द युवा क्लबले दुर्गा माताको प्रतिमा बनाएर दुर्गापूजा गर्दैछ ।


उसैगरी जनकपुरधाम–७ स्थित बशिष्ट चौक, रजौल स्थित दुर्गा चौक र मुरली चौकमा दुर्गा माताको प्रतिमा निर्माणगरी दुर्गा पूजा हुँदैछन ।
तर, त्यसमा राजदेवी माता, बौद्धि माता र अन्नपूर्णा माताको मंदिर आकर्षणका केन्द्रबिन्दु छन् । दुर्गा पुजा अवसरमा यो स्थल पहिल्येदेखि नै केन्द्रबिन्दु बन्दै आएको हो ।
राजदेवी मंदिरमा पर्दै आएको बोका वली यहाँका मुख्य आय रहेको बताउँदै बोका काट्ने,खुकुरीमा सान चढाउने, विजुली वत्तीसमेतको खर्च कटाएर महावीर युवा कमिटीको भागमा करिब ९ देखि १० लाख आउने अनुमान रहेको अध्यक्ष अजय गुप्ता थप्नुहुन्छ ।
बोका चढाउन आउनेहरुबाट प्रति बोका रु २०० लिईदै आएको थियो । तर, यसपालीदेखि रु.३००। गरिएको अध्यक्ष गुप्ता बताउनु हुन्छ । त्यसबाट खर्च कटाएर १० प्रतिशत राजदेवी मन्दिर निमार्ण कार्यको लागि र बाँकी रकमबाट राम र महावीर युवा कमिटीले आ–आफ्नो कोषमा आधा आधा जाने प्राब्धान बनाएको छ ।
महावीरका अध्यक्ष गुप्ता भन्छन– हाम्रो संस्थामा साढे तीन सय सदस्य रहेको र त्यसमा प्रायः युवा व्यवसायी रहेको ले उनिहरु आ–आफ्नो संस्थाबाट समेत सहयोगगर्दै आएको ले यत्रो ठुलो खर्च धान्दै आएका छौं ।
नवरात्रीको अवसरमा राजदेवी माताको मंन्दिरमा तोरणद्वार बनाउने, विजुली बत्ति लगाउने, नवरात्रा भरिमा भजन संध्या कार्यक्रम गर्ने र नौ दिनसम्म महाप्रसाद कार्यक्रम हुने उहाँ जानकारी गराउनु हुन्छ ।
विज्ञापन संयोजक दिपक कुमार गुप्ता ले जनाए अनुसार असोज २६ गते विजय ¥याली दिनको ३ बजे हुने,रावण वध तथा लंका दहन संध्या ६ बजे र नव कन्या भोजन संध्या ७ बजे गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै श्रीराम युवा कमिटीले अन्नपूर्णा (अमरखाना) माता र बौद्धी माताको गहवर सजाउने, नित्य पूजा आजा तथा श्रृंगार, भजन संध्या लगायतलाई निरंतर्ता दिईदैछ ।
राम युवा कमिटीका अध्यक्ष सरोज साह ले तोरणद्वार निर्माण, बिजुली बत्ति जडान,भजन संध्या कार्यक्रम तथा बौद्धि माता र अमरखाना मन्दिरमा दैनिक श्रृंगार पूजा आरती लगायतका खर्चमा सहयोगको लागि मेला लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले